संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेसँगै नेताहरुले चिन्ता व्यक्त गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलेले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।  नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गर्दै यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय भएको उल्लेख गरे। साथै उनले यो लागू हुन नसक्ने बताए।

यस्तै, अर्का नेता मिनेन्द्र रिजालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्। बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने उनको भनाई छ। यो संविधान विपरित कदम भएको भन्दै उनले प्रधानमन्त्रीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लागि संविधान मिच्न थालेको उल्लेख गरे।

अन्य सम्बन्धित समाचार:  वनमन्त्रीसँग तस्कर होइन, रूख र जनावर त्रसित छन्ः भीम रावल

संविधानविद् डा. विपिन अधिकारीले पनि प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको बताए। उनले प्रधानमन्त्री ओलीले संविधानमै नभएको उद्दण्ड काम गरेको उनको भनाई छ। प्रधानमन्त्रीसँग संसद विघटन गर्ने कुनै अधिकार नभएको अधिकारीले बताए।

यो २०४७ सालको संविधान जस्तो नभएको भन्दै संविधानविद् अधिकारीले प्रधानमन्त्रीको संसद विघटन गर्ने सिफारिस सदर गर्न नहुने पनि बताए।