काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष संसद विघटनको प्रस्ताव पठाउने निर्णय गरेपछि उनी त्यसलाई सदर गराउन राष्ट्रपति निवास शितल निवास पुगेका हुन्।
राष्ट्रपतिले विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको संसद् विघटन प्रस्ताव अनुमोदन गरेमा संसद भंग हुनेछ।