काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका हुन्। उनले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पनि आग्रह गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, “अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ।”
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र शीर्ष नेतृत्वबीच आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ l संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं l
अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ! जय नेपाल ! pic.twitter.com/gIVNGCg9U9
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 20, 2020