काठमाडौैं। नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीले लहडमा असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर तीन वर्षअघि जनताले दिएको मतको वैधता पनि समाप्त पारेका उनको भनाई छ।
उनले लेखेका छन्, ‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्री ओलीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ,’ थापाले ट्वीटमा भनेका छन्, ‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’
संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।@PM_Nepal ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।
— Gagan Thapa (@thapagk) December 20, 2020