काठमाडौं। प्रमुख प्रतिपक्ष दल कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बैठकका लागि बोलाएका हुन्।
प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ।