काठमाडाै। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर वैशाख २३ मा आम चुनावको प्रस्ताव गरेर फर्किएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास पुगेका थिए। यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा छलफल गरेका थिए।
संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न कांग्रेसsकाे राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह
यसेबीच नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन्।
विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ।’