संसद विघटनबारे नेताका धारणा: कसले के भने?

काठमाडाैं‌।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष बुझाएपछि नेपाली राजनीति तरंगित भएको छ। अब नेपाली राजनीतिकले कस्तो मोड लिनेछ र यस कदमको परिणाम देश र जनाताका लागि उत्पादक वा प्रत्युत्पादक के हुनेछ भन्दै विभिन्न दलका नेताहरुले आफ्ना धारणा व्यक्त गरेका छन्।
शशांक कोइराला (महामन्त्री नेपाली कांग्रेस)
केपी ओलीको कदमले मुलुकमा द्वन्द्व र अस्थिरताको डरलाग्दो श्रृंखला निम्त्याउन सक्छ। यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्छ।
गगन थापा (नेता नेपाली कांग्रेस)
संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै, तर जे व्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ।
बाबुराम भट्टराई (नेता जसपा)
प्रधानमन्त्री ओलीको गैरजिम्मेवारपूर्ण हर्कतको सबैतिरबाट प्रतिवाद गर्नुपर्छ।
 विपिन अधिकारी (संविधानविद्)
प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर उद्दण्डता देखाए।
शेरबहादुर केसी (बार एसोसियनका पूर्व अध्यक्ष) 
प्रधानमन्त्री ओलीले संविधानमै नभएको कदम चालेर संवैधानिक कू गरे।
रामचन्द्र पौडेल (उपसभापति नेपाली कांग्रेस)
संसद विघटनको सिफारिस लोकतन्त्रको मर्म विपरीत छ।
ईश्वर पोखरेल (उपप्रधानमन्त्री)
सरकारलाई सघाउने नियत प्रचण्डजीमा देखिएन, अब ताजा जनादेश लिन्छाैँ।
स्रोत: प्रविण भुषाल
अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने