काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता छलफलमा जुटेका छन्। नेताहरु प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्रीको कदमको मुल्याङ्कन र थप रणनीति निर्माणमा जुटेका हुन्।
परिस्थिति जटिल बनेकाले छलफलका लागि आफूहरु जुटेको वरिष्ठ नेता झलनाथ खनालले बताए।
छलफलमा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।