राप्रपाको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न दिउँसो ३ बजे बैठक बोलाएको हो। आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका छन्।

मन्त्रिपरिषद् बैठकले संसद् विघटनको प्रस्ताव गरेपछि विभिन्न पार्टीले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै