संसद् विघटनको प्रस्तावलाई सबैले समर्थन गरौं: महर

काठमाडौं।

अनेरास्ववियूका संयोजक ऐन महरले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समर्थन गर्न आग्रह गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव ल्याउन लागिएकाले संसद् विघटनको बाध्यात्मक अवस्था आएको भन्दै उनले हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार हुन उल्लेख गरे।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूह महाभियोग र अविश्वासको प्रस्तावका लागि अघि बढेपछि ओलीले संसद् विघटनको बाध्यकारी कदम चाल्नुपरेको महरको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, “२०७४ सालमा प्राप्त जनमतको सम्मान नगरी राजनीतिक अस्थिरताका पुजारीहरु प्रचण्ड गुटले राष्ट्रपतिविरुद्ध महाभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेर अगाडि बढेपछि नयाँ जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको बाध्यात्मक कदम हो संसद् विघटन। सबैले समर्थन गरौं र हिम्मत हुनेहरुले ताजा जनादेशका लागि तयार बनौं।”

अन्य सम्बन्धित समाचार:  सूर्य चिह्न चाहिएकाे भए बैठकमा आउन् पर्याे-प्रधानमन्त्री