प्रचण्ड बालुवाटारतर्फ

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको तयारी गरेसँगै नेपाली राजनीति तात्दै गएकाे छ। यससँगै नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले गुटउपगुटका बैठकहरु भैरहेकाे बुझिएकाे छ।

ललितपुरकाे खुमलटारस्थित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा उनीसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका थिए।

पार्टीभित्रबाट ओलीको कदमलाई कारवाही गर्न छलफल गर्ने उद्देश्यसहित जम्मा भएका उनीहरुको भेलाबाट केहीबेर अघिमात्र प्रचण्ड बालुवाटारतर्फ निस्केका छन्। प्रधानमन्त्री ओली पनि राष्ट्रपति निवासबाट फर्किसकेका छन्।

अन्य सम्बन्धित समाचार:  खोलो देखाउनुस् पुल बन्छ, कच्ची बाटो देखाउने वित्तिकै पीचः प्रधानमन्त्री ओली