प्रधानमन्त्री ओलीकाे कदम प्रतिगामी: प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्माा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नु प्रतिगामी कदम भएको बताएका छन्। श्रेष्ठले सरकारको उक्त सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तन विरोधी भएको भन्दै यो लागू हुन नसक्ने बताएका हुन्।

‘आज प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस गैरसंवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागु हुन सक्दैन,’ ओलीइतर समूहको बैठकमा खुलमटार पुगेका प्रवक्ता श्रेष्ठले भने, ‘यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं।’ उनले भनेका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै