संसद विघटनको असर सेयर बजारमा: नेप्से ५२ अंकले ओरालो

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सेयर बजारमा तीव्र गिरावट आएको छ। राजनीतिक घटनाक्रमका कारण यस दिन बजारमा प्रभाव परेको हो।

आइतबार बजार खुलेदेखि नै ओरालो लागेको छ। दिउँसो १ बजेर २२ मिनेटसम्म नेप्से ५२ अंकले घटेर १९७९ अंकमा कायम भएको छ। सो बेलासम्म उत्पादनबाहेकका सबै समूह ओरालो लागेका छन्।

बजार घटिरहँदा हिमालय डिस्टिलरीको मूल्य भने १० प्रतिशतले बढेको छ। माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशतले घटेको अवस्था छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  तोलामा पाँच सयले घट्यो सुनको मुल्य