प्रचण्ड पक्षका मन्त्रीहरु सामूहिक राजीनामा दिने तयारीमा

काठमाडौं। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका मन्त्रीहरू सामूहिक राजीनामाका लागि आन्तरिक छलफलमा जुटेका हुन्।

उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेका छन्।

यसैबीच माधव नेपाल समूहबाट मन्त्री भएकाहरुले भने राजीनामबारे कुनै निर्णय नगरेको बुझिएको छ। उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने बताइएको छ।

संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले विरोध गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सरकारको योजना अनुसार विद्युत् उत्पादन नहुने