नेकपा स्थायी कमिटी बैठक जारी

काठमाडौं।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे छलफल भइरहेको छ।

बैठकमा प्रधानमन्त्री ओलीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका थिए। उनको प्रस्तावलाई राष्ट्रपति कार्यालयले स्वीकृत गरी २०७८ सालको वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको आम निर्वाचन गर्ने घोषणा गरेको छ।

 

अन्य सम्बन्धित समाचार:  फर्केर हेर्दा, २०७७: चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म