उपत्यकामा सुरक्षा सतर्कता उच्च

काठमाडौं। सशस्त्र प्रहरी र नेपाल प्रहरीले उपत्यकामा उच्च सुरक्षा सर्तकता अपनाएको छ। राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गरेसँगै उत्पन्न हुने सक्ने सम्भावित परिस्थतीलाई ध्यान राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटारको भाटभाटेनी क्षेत्र, राष्ट्रपति निवास आसापास, विभिन्न राजनीतिक दलका कार्यालय आसपास र माइतीघर क्षेत्र लगायतका स्थानमा सुरक्षा तैनाथी बढाएको हो।

यस्तै, सेनाले मुख्यालय जंगी अड्डामा प्रमुख सैनिक अधिकृतहरु (पीएसओज) को बैठक पनि बसेको छ। प्रधानमन्त्रीको कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरुको विषयमा मुख्यालयमा छलफल भएको छ।

संसद् विघटनको निर्णयप्रति आपत्ति जनाउँदै असन्तुष्ट पक्षहरुले माइतीघरमा प्रदर्शनको तयारी गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  पञ्चाङ्ग निर्णायक समिति गठनको आदेश एक दशकमा पारित