राजनीतिक संकटको मारमा नेपालकाे शेयर बजार: ९६.८८ अंककाे गिरावट

नेप्से

काठमाडौं।

राजनीतिक संकट देखापरेसँगै नेपालकाे शेयर बजारमा गिरावट आएकाे छ। आइतबार शेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ। आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको छ।

आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक काराेबार हुँदा रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ। उच्च गिरावट भए पनि आइतबारको बजारमा यूनाईटेड आइडीआई मार्दी हाइड्रोपावर, माहुल सामुदायिक लघु वित्त, सनराईज फ्रष्ट म्युचल फण्ड, बेष्ट फाइनान्स र हिमालयन डिष्टीलरी लगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा कमाउन सफल रहे।

सूर्योदय, नेरुडे र स्वलम्बन लघुवित्त, छ्याङ्दी र माथिल्लो तामाकोसी हाइड्रोपावरले लगानीकर्ताले भने बजारमा उच्च घाटा ब्यहोरे। सूर्योदय लघुवित्तको शेयरमा आइतबार नकारत्मक सर्किट ब्रेक लागेको थियो।

अन्य सम्बन्धित समाचार:  सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग