संसद विघटनको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि काठमाडौं उपत्यकालगायत देशकाका विभिन्न सहरहरुमा प्रदर्शन सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो ३ बजेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा नेपाली कांग्रेसका साथै नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेकपाका जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ। विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने आयोगको प्रस्ताव