प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै आइतबार अपराह्न ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन्।

राष्ट्रपतिबाट संसद भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले बदलिँदो परिस्थितिमा सुरक्षा अवस्थाको जानकारी लिनुका साथै कुनै कदम चाल्नसक्ने सम्भावना पनि रहेको बताइएको छ।

बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

अन्य सम्बन्धित समाचार:  बंगलादेशबाट अबको १५ दिनभित्र मल नेपाल आइपुग्ने