प्रधानमन्त्रीको कदम गलत छः वामदेव गौतम

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका छन्।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे यसअघि ‘पर्ख र हेर’को नीतिमा रहेका गौतमले आइतबार दिउँसो त्यसको विरोध गरेका हुन्। दिउँसो एक विज्ञप्ति जारी गर्दै गौतमले संसद्को कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैरसंविधानिक कदम गलत र भर्त्सना योग्य रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त पार्ने गौतमको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  औद्योगिक पार्क शिलान्यासका लागि प्रधानमन्त्री ओली झापा जाँदै