एजेन्सी।
नेदरल्याण्ड्स सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ। बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ। बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो।
बेलायतले पनि आज सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ। बेलायत सरकारले आगामी क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भिडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन भनेको छ। ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र नेदरल्याण्ड्स सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ।
बेलायतमा आगामी क्रिस्मसमा र नयाँ वर्षमा दिइएको बिदाका समयमा नागरिकहरुले बिदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ। आइतबारबाट लगाइएको यो उडान प्रतिबन्ध नेदरल्याण्ड्स सरकारले आगामी जनवरी १ सम्मका लागि भनी घोषणा गरेको छ।
नेदरल्याण्ड्स स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञिप्तिमा बेलायतमा पछिल्लो समयमा निकै ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको र यो क्रम जारी नै रहेमा आगामी नयाँ वर्षका अवसरमा हुने जमघटहरुमा झनै बढ्न सक्ने बताएको छ। यसैले पनि नेदरल्याण्ड्स सरकारले बेलायतबाट हुनसक्ने कोरोनाको संक्रमणलाई देशमा जति सक्दो धेरै मात्रामा कम गर्ने र उताबाट आउने नागरिकलाई देशभित्र घुलमिल हुन नदिने नीति नेदरल्याण्ड्स सरकारले लिएको पनि बताइएको छ।
नेदरल्याण्ड्स सरकारले पनि आफ्ना नागरिकलाई निकै नै आवश्यक काम नपर्दासम्म बेलायतको भ्रमण नगर्न भनेको छ।