५८८ जना कोरोना संक्रमित थपिए, १ हजार ९७ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय २० जनाको नमुना परिक्षण गर्दा काठमाडौं उपत्यकामा २ सय ३८ जनासहित देशभर ५ सय ८८ जना संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९७ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ। हाल ८ हजार ३ सय २० कुल सक्रिय संक्रमित रहेका छन्। ४ हजार ८ सय ३७ संक्रमित होम आइसोलेसन र बाँकी ३ हजार ४ सय ८३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। देशभर हाल ३ सय १६ जना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ४ सय २१ जना क्वारेन्टाइनमा छन्।

अन्य सम्बन्धित समाचार:  जर्मनीमा प्रतिबन्धहरु खुकुलो पारिँदै

आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।