नेकपा स्थायी कमिटीद्वारा केपी ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय

काठमाडाैं।

नेकपा स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। आज साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनका अनुसार बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ। आजको बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यहरू अनुपस्थित थिए।

अन्य सम्बन्धित समाचार:  ओली पक्षको नेकपा संसदीय दलको बैठक बस्दै