मोरङ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद विघटन कांग्रेसलाई मान्य नहुने बताएका छन्। प्रेस युुनियन मोरङले आज गरेको पत्रकार सम्मेलनमा उनले संसद विघटनको कदम असंवैधानिक भएको बताएका हुन्।
उनले प्रधानमन्त्रीलाई संविधानको कुुनै पनि धारामा संसद विघटन गर्ने अधिकार नभएको दावी पनि गरे। संसद् विघटनको कदमले लोकतन्त्र विरोधीलाई बल पुुगेको भन्दै केन्द्रीय सदस्य कोइरालाले सबै राजनीतिक दल विरोधमा लाग्नुुपर्नेमा जोड दिए। उनले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि दलहरु मिलेर अघि बढ्नुुपर्छ।’