फुटबलमा कीर्तिमान : खेल सुरु भएको ६ सेकेण्डमै गोल

एजेन्सी। विश्व फुटबलमा आइतबार राति नयाँ कीर्तिमान कायम भएको छ।

एसी मिलानका राफाएल लिएओले इटालियन सिरी ‘ए’ अन्तर्गत इतिहासकै छिटो गोल गरेका छन्। लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन्।

२१ वर्षीय पोर्चुगिज खेलाडी लिएओले हाकान काल्हानोग्लुको पासलाई गोलमा परिणत गरेका हुन्। यसअघि सन् २००१ को डिसेम्बर २ मा फियोरेन्टिनाविरुद्ध पिएसेन्जाका पाओलो पोग्गीले ८ दशमलव ९ सेकेण्डमा गोल गरेका थिए।

एसी मिलानका लागि खेलको २६औँ मिनेटमा एलेक्सिस सेलरमेकर्सले गोल गरे। सासुओलोका लागि खेलको ८९औँ मिनेटमा बेरार्डीले गोल फर्काए। जितपछि शीर्ष स्थानको एसी मिलानको १३ खेलबाट ३१ अंक भएको छ।

आइतबार राति नै भएको अर्को खेलमा स्पेजियालाई २–१ गोलले पराजित गरेको छ। इन्टर मिलान १३ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै