अविश्वास प्रस्ताव दर्ता गरेका कारण संसद् विघटन : शंकर पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफु विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न बाध्य भएको बताएका छन्।

ओलीले आइतबार संसद् विघटन गरेपछि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै मुख्यमन्त्री पोखरेलले पार्टी एकताको मर्म विपरित अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लगाउनु दुर्भाग्यपूर्ण कदम भएको बताए।

अविश्वासको प्रस्ताव दर्ता गर्नबाट रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय ओलीले गर्नुपरेको उनको भनाइ थियो।

पार्टी एकताको मर्म विपरितको समिकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोपसहितको प्रचण्डको एकल प्रस्तावका कारण नयाँ परिस्थिति सिर्जना भएको मुख्यमन्त्री पोखरेलले आरोप लगाए।

अन्य सम्बन्धित समाचार:  कर्णाली प्रदेशः नवनियुक्त मन्त्रीले लिए शपथ

पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोज्नु लोकतन्त्रमा स्वभाविक मानिने उनको भनाइ छ।

चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुने पोखरेलले बताए। सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुर्याउन सक्ने पोखरेल बताउँछन्।