कांग्रेसले बोलायो आज सर्वदलीय बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले सोमबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय बैठक काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेको अवस्थाबारेमा छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।

उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपालगायत सहभागी हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले आइतबार संसद् विघटन गरेपछि देशमा राजनीतिक अन्योलता उत्पन्न भएको छ। आइतबार पनि कांग्रेस संसदीय दलको कार्यालयमा सर्बदलिय छलफल भएको थियो।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री