देशलाई अन्योलको स्थितिमा राख्न मिल्दैन, ओलीले ठिक गरे : नारायणमान बिजुक्छें

काठमाडौं। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेंले देशलाई लामो समयसम्म अन्योलको स्थितिमा राख्न नमिल्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु उचित भएको बताएका छन्।

मध्यावधि निर्वाचनको घोषणा बाध्यात्मक अवस्थामा आएको बिजुक्छेंको भनाइ थियो।

प्रधानमन्त्री ओलीलाई संसद् विघटनको कदम चाल्न उनका विरोधीहरूले बाध्य पारेको अध्यक्ष बिजुक्छेंले बताए। ओलीलाई बाध्य पार्नेहरु भारतबाट सञ्चालित भएको उनले आरोप लगाए।

नेकपा र नेपाली कांग्रेसले सरकारलाई काम गर्न नदिएको बिजुक्छेंको आरोप थियो। सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरे अन्य जटिलता आउने बिजुक्छेंले बताए।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?