तिमल्सिना र रम्तेलद्वारा पद अस्वीकार

काठमाडौं। राष्ट्रिय दलित आयोगको सदस्यमा संवैधानिक परिषदबाट सिफारिसमा परेका परशुराम रम्तेलले पद अस्वीकार गरेका छन्। आफूसँग सहमति नलिई नाम सिफारिस गरिएको भन्दै उनले उक्त पद अस्वीकार गरेका हुन्।

उनल संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी दलित आयोगमा आफ्नो सहमतिविना सिफारिस गरिएको उल्लेख गरेका हुन्। ‘मेरो नाम पनि दलित आयोगको सदस्यमा सिफारिस गरिएको छ। नैतिक दृष्टिले पनि गलत तरिकाले गरेको सिफारिस अस्वीकार गर्छु,’ उनले भनेका छन्।

रम्तेल तत्कालीन माओवादीबाट संविधानसभामा सभासद थिए।

यस्तै, समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गरेका छन् । संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकारको घोषणा गरेका हुन् ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए