संसद जीवित नै छः जनार्दन शर्मा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन्।

शर्माले सोमबार बिहान सामाजिक सञ्जालमार्फत संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन्। ‘संविधानअनुसार संसद जिवित नै छ,’ शर्माले फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेको र राष्ट्रपतिबाट अनुमोदन भएकोमा नेकपाभित्रैबाट विरोध भइरहेको छ। ताजा जनादेशका लागि भन्दै सरकारले वैशाखमा निर्वाचन गर्ने बताएको छ।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेको भन्दै प्रतिपक्षी दलहरूले पनि विरोध गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, चार मन्त्री थपिदैँ