पहिरोमा पुुरिएर भक्तपुरमा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं। बाटो निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा भक्तपुरको चाँगुनारायण नगरपालिका-५ छालिङको छायाँबस्तीमा एकजनाको मृत्यु भएको छ। अन्य दुई मजदुर घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार छायाँबस्तीस्थित माथिल्लो मगर चोकबाट वरदानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा आइतबार अचानक माथिबाट पहिरो खस्दा पुुरिएर सिन्धुपाल्चोकको लिशंखुपाखर गाँउपालिका-४ घर भई हाल छायाँबस्ती बस्ने ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको हो।

त्यस्तै लिशंखुपाखर गाउँपालिका-४ नै घर भई हाल छायाँबस्तीमै बस्ने ४४ वर्षीय प्रेम लामा र रामेछापको सुनापाती गाउँपालिका घर भई हाल छायाँबस्ती बस्ने ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ