ओलीपक्षीय सांसदहरूको भेला बालुवाटारमा जारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेकपाका सांसदहरुसँग छलफल गरिहेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रधानमन्त्री ओलीले आफू अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले आफूमाथि कारवाही गर्नुअघि नै नयाँ दल खोल्ने या पहिल्यै दर्ता भएको एमाले पुनर्गठन गर्ने भन्ने विषयमा परामर्श गरिरहेका छन्।

बैठकमा संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ समेत गर्ने छन्।

बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेका लेखराज भट्टसमेत उपस्थित छन्। गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन्।

त्यसतै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन्।

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ