टिकटक बनाउँने क्रममा पुलबाट खसेका युवकको मृत्यु

दाङ। टिकटक बनाउँने क्रममा पुलबाट बसेर दाङका एक युवकको मृत्यु भएको छ। टिकटक बनाउँने क्रममा केही दिनअघि झोलुङ्गे पुलबाट खसेका दाङ तुलसीपुर १९ का २४ वर्षका रमेश थापाको सोमबार विहान मृत्यु भएको हो।

बबई नदीको झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा उनी खसेका थिए।

अन्य सम्बन्धित समाचार:  २३ किलो गाँजासहित तीनजना पक्राउ