आफूनिकट सांसदहरूलाई ओलीले भने, ढुक्क भएर चुनावको तयारीमा लाग्नुस्

धृतराष्ट्र ‌ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरुलाई अब ढुक्क भएर चुनावको तयारीमा लाग्न आग्रह गरेका छन्। सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षधर सांसदहरुको भेलालाई सम्वोधन गर्दै ओलीले संसद पुनःस्थापनाको सम्भावना नभएको भन्दै चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन्।

प्रतिनिधि सभाको विघटन आफ्नो रहर नभइ बाध्यता भएको भन्दै उनले अहिलेको अवस्थाबारे जनतालाई सुसूचित गर्न पूर्व सांसदहरुलाई निर्देशन दिए।
सरकारलाई अप्ठेरोमा पारेपछि ताजा जनमतमा जानुको विकल्प नभएको बताएका हुन्। सम्वोधनका क्रममा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको बताए।

भेलामा पूर्व माओवादी पृष्ठभूमिका नेता लेखराज भट्ट पनि सहभागी भएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली सर्वदलीय बैठकमा सभामुखमाथि खनिए, संसदलाई बन्धक बनाएको आरोप