संसद विघटन दुःखद् बाध्यताः मुख्यमन्त्री राई

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताएका छन्। भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको सोमबार उद्घाटन गर्ने क्रममा उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्ती अवरोध सिर्जना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका हुन्।

“बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, त्यही अवस्था सिर्जना भयो”, जनताले स्थिर सरकार र विकास निर्माणका कार्यका लागि जनादेश दिँदासमेत केही अस्थिरता चाहनेले समृद्धिको यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेको चर्चा गर्दै मुख्यमन्त्री राईले भने, “महाधिवेशनबाट नीति र नेतृत्वको छिनोफानो गर्ने सहमति र अभिभारातर्फ जानुपर्नेमा नेकपाभित्र विवाद भयो, अहिले दुःखद् बाध्यता सिर्जना हुनपुग्यो।”

अन्य सम्बन्धित समाचार:  एकै दिन १ हजार बढीमा कोरोना संक्रमण पुष्टि

उनले सङ्घीय संसद् विघटन जनताको चाहना नभए पनि दुःखद् बाध्यता भएको बुझाउन अब जनतामा जानुपर्ने बताए।