संसद् विघटनविरुद्ध नेकपा सांसदको हस्ताक्षर संकलन

काठमाडौं। संसद् विघटनका विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा भेला भएका संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूले हस्ताक्षर संकलन सुरु गरेका हुन्।

हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू पुगेका छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे