“राष्ट्रपतिले राष्ट्र प्रमुखको उत्तरदायित्व पूरा गर्न सक्नुभएन, सर्वोच्चको ध्यान पुग्नैपर्छ”

काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्र प्रमुखको उत्तरदायित्व पूरा गर्न चुकेको बताएका छन्। राष्ट्रपतिले विर्सेको दायित्वमा सर्वोच्च अदालतले ध्यान पुर्याउने उनको विश्वास छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा उनले प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा नमिलेको भन्दै उनले यसमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने बताएका हुन्।

राष्ट्रपतिले विर्सेको दायित्वमा सर्वोच्च अदालतले ध्यान पुर्याउने उनको विश्वास छ। ‘आशा र विश्वास गर्छु। यसमा सम्मानित सर्वोच्च अदालतको ध्यान पुगोस, पुग्नै पर्छ। मेरो विनम्र अनुरोध पनि गर्छु,’ पूर्वराष्ट्रपति यादवले भने।

असंवैधानिक संसद भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको भन्दै उनले मूलुकमा भइरहेको पछिल्लो राजनीतिक र संवैधानिक घटनाले आफू दुःखी र मर्माहत बनेको बताए। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदन गरेकी थिइन्। संविधानको मर्म भावनाविपरीत गरिएको कार्यले राष्ट्रपति संस्थामाथि नै देशवासीले प्रश्न उठाएको भनाई छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ विरुद्धको लडाइँमा सकारात्मक सहयोग आवश्यक: उपप्रधानमन्त्री

विधान र जनताको सर्वोच्च निकाय संसद्बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै यादवले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिए।