ओलीले बोलाए नेकपाको केन्द्रीय कमिटी बैठक

धृतराष्ट्र ‌ओली

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन्। तर, उक्त बैठक बस्नुअघि नै प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो।

स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत