काठमाडौं।
नेकपाका ११४ सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्। आज संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना गरी ११४ सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको हो।
‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’, बैठकबाट पारित प्रस्तावमा भनिएको छ। साथै उक्त भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ।