निफको चौथो संस्करण यस वर्षका लागि स्थगित: अब वैशाखमा

काठमाडाै‌।
नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण यस वर्षका लागि स्थगित भएको छ। काठमाडौंमा आउँदो फागुन १२ देखि १६ गतेसम्म गर्ने तयारी गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसकेको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चर एकडेमीले विज्ञप्ति जारी गर्दै जनाएकाे छ।
अब २०७८ साल वैशाख २३ देखि २७ गतेसम्म काठमाडौंमा ‘निफ’ आयोजना हुनेछ। आयोजक संस्थाले निर्धारित मितिमा फेस्टिभल गर्ने योजनासहित विश्वभरका फिल्म मेकरबाट फेस्टिभलमा सहभागिताका लागि खुल्ला गरेको आवेदनमा ५२ देशका ४ सय बढी फिल्मले सहभागिता जनाएको आयोजकका संस्थाका अध्यक्ष केपी पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
महामारीका कारण फिल्म मेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन। भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन,’ पाठकले भने, ‘केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौं।’ फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ।
अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!