काठमाण्डौ। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी शनिबारदेखि सुरु हुने भएको छ।
दाङको लमहीमा आयोजना हुने उक्त प्रतियोगिताको नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिताअन्तर्गत पुस ११ गते लुम्बीनी प्रदेशले प्रदेश नम्बर २ सँग खेल्नेछ।
यस्तै सोही दिन दोश्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ। समूह चरणमा दैनिक दुई खेल हुनेछन्।
पुस १७ गते सेमिफाइनल खेल तथा पुस १९ गते फाइनल खेल हुने क्यानले जनाएको छ।
क्यानले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता लगत्तै पुरुष कप राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ।