देउवा, प्रचण्ड र नेपाल आज सर्वोच्च अदालत जाने

काठमाडौँ। बहुमत सांसदहरुको हस्ताक्षरसहितको पत्र बोकेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आज (मंगलबार) सर्वोच्च अदालत जाने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन विरुद्ध बहुसंख्यक सांसदहरुको हस्ताक्षरसहित कांग्रेस, नेकपा र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु मंगलबार सर्वोच्च अदालत जान लागेका हुन्।

नेकपाको असन्तुष्ट पक्ष, कांग्रेस र जसपाको सोमबार बसेको बैठकले यसबारे निर्णय गरेको हो।

प्रतिनिधिसभामा २७५ सांसद छन्। तीमध्ये १३८ सांसदको हस्ताक्षरसहित देउवा, प्रचण्ड र नेपाल सर्वोच्च अदालतमा संसद विघटनको निर्णय रोक्न माग गर्दै निवेदन लिएर जान लागेका हुन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन