ओलीलाई कारबाहीको तयारी, माधव नेपाल नेकपा अध्यक्ष बन्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ।

बैठकले नेकपा अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने भएको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई अध्यक्ष बनाउन सहमत भएका छन्।

प्रचण्ड र नेपालले ओलीलाई असंवैधानिक कदम चालेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न लागेका हुन्। पार्टीको दुईतिहाइ बहुमत हुँदाहुँदै पनि संसद् विघटन गरी देशमा राजनीतिक संकट निम्त्याएको ओलीमाथि आरोप छ।

स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार गर्नेछ अनी त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने बताइएको छ।

पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था छ। नेपालले ओलीको स्थान लिनेछन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै