मतदाता नामावली संकलन नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ। निर्वाचन आयोगले हाल जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य स्थगित गर्न निर्देशन दिएको छ।

आयोगले अर्को व्यवस्था नभएसम्मका लागि नामावली संकलन नगर्न सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको हो। आयोगले ७७ वटै जिल्ला कार्यालयलाई परिपत्र जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचन मिति तय गरेसँगै आयोगले मतदाता नामावली संकलन रोक्न भनेको हो।

सरकारले २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकेको छ।

 

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए