बेलैमा सचेत नभए नेताहरुलाई जनताले बाँकी राख्दैनन्: पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले बेलैमा नेताहरु सचेत नभए जनताले बाँकी नराख्ने बताएका छन्।

पूर्वराजा शाहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेताहरुले जनताको मतको कदर नगरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको प्रति संकेत गर्दै उनले नेताहरुबाट केही पनि आशा गर्न नसकिने बताएका छन्।

‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन्’ पूर्वराजा शाहले टिप्पणी गरेका छन्।

अन्य सम्बन्धित समाचार:  अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने