राष्ट्रिय जनमोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं। राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सोमबार बसेको पार्टी कमिटीको बैठकले सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको हो। राजमोका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गर्दै सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिएको जनाएका छन्।

ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्य असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी भएकाले पार्टीले त्यसको तीव्र विरोध र भत्सर्ना गरेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली