गृहमन्त्री थापालाई भेट्न प्रचण्ड पुल्चोक निवासमा

काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका छन्।

थापालाई आफ्नो समूहमा ल्याउनका लागि फकाउन प्रचण्ड बिहानै मन्त्री निवासमा पुगेका हुन्। प्रचण्डले गृहमन्त्री थापासँग सोमबार पनि छलफल गरेका थिए।

नेकपा औपचारिक रुपमा विभाजनको संघारमा पुगेका बेला थापा मौन बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी बनाएर थापालाई सहअध्यक्ष बनाउने आश्वासन दिएका छन्।

यता प्रचण्डले पनि आफुलाई साथ दिन थापासमक्ष हार गुहार गरिरहेका छन्। सोमबार साँझ थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए। उनी हालसम्म कुनै पनि भेलामा सहभागी भएका छैनन्।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?