भारतमा श्रीमतीले पार्टी परिवर्तन गरेपछि सांसदद्वारा सम्बन्ध विच्छेद

एजेन्सी। भारतीय जनता पार्टी (भाजपा)का सांसद सौमित्र खानले श्रीमती सुजता मण्डलले पार्टी परिवर्तन गरेपछि सम्बन्ध विच्छेद गरेका छन्।

सांसद खानकी श्रीमती मण्डलले भाजमा त्यागेर तृणमूल कांग्रेस पार्टीमा प्रवेश गरेकी छिन्। सांसद खानले पत्रकार सम्मेलन गर्दै श्रीमतीको निर्णयमा आफ्नो असहमति रहेको बताए।

तृणमूल कांग्रेसलाई पराजित गर्न आफ्ना सबै कुरा त्यागेर भाजपाका लागि काम गर्ने उनको भनाइ थियो। यसक्रममा आफुले श्रीमतीसित सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको सांसद खानले बताए।

‘आजदेखि आमाबुबाबाहेक मेरा कोही पनि छैनन्’ पत्रकार सम्मेलनमा उनले भने। उनकी श्रीमती मण्डलले सोमबार सांसद सौगत राय र पार्टी प्रवक्ता कुणाल घोषको उपस्थितिमा तृणमूल कांग्रेसमा प्रवेश गरेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही