कोरोना महामारी: नयाँ भाइरसबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दो

काठमाडौं। बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ प्रकारले संसारभर चिन्ता बढेको छ।

थुप्रै देशले बेलायतमा यात्रा प्रतिबन्ध लगाइदिएको छ। ४० बढी देशले बेलायतबाट कसैलाई पनि आउन रोक लगाएको छ।

यसैबीच युरोपेली संघले एक साझा नीति बनाउनेबारे छलफल गरिरहेको छ। डेनमार्कमा पनि कोरोनाको नयाँ प्रकार भेटिएको छ। तत्पश्चात् स्विडेनले डेनमार्कबाट यात्रा प्रतिबन्ध लगाइदिएको छ।

भाइरसको नयाँ स्टेन बढी संक्रामक छ तर यो बढी घातक छ भन्ने प्रमाण भने हालसम्म भेटिएको छैन। एकातिर बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सूची बढ्दै छ भने अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले नयाँ प्रकारको खतराको विषयमा महत्वपूर्ण कुरा गरेको छ।

डब्ल्यूएचओ इमर्जेन्सी चीफ माइक रायनले महामारीको फैलावटको क्रममा नयाँ स्ट्रेन भेटिनु सामान्य कुरा बताउँदै यो अनियन्त्रित भने नभएको बताएका छन्। जबकी आइतबार बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले नयाँ प्रकारका लागि अनियन्त्रित शब्दको प्रयोग गरेका थिए।

अन्य सम्बन्धित समाचार:  भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

थुप्रै देशले दक्षिणी अफ्रिकाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइरहेको छ। वास्तवमा त्यहाँ पनि भाइरसको अर्को एउटा भेरियेन्ट भेटिएको छ जुन बेलायतमा भेटिएको भेरियन्टभन्दा भिन्न छ।