कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा असंवैधानिक र अधिनाकवादी भन्दै आएको संसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्ने एजेन्डा रहेको छ।

बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  बादलले आजै गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै